आजदेखि नुवाकोट महोत्सव: उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने



नुवाकोट,माघ २६ । आठौँ नुवाकोट महोत्सव आजदेखि सुरु भएको छ। माघ २६ गतेदेखि फागुन ७ गतेसम्म हुने महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका हुन् ।

नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा हुन लागेको महोत्सवको उद्घाटन प्रधानमन्त्री गर्ने तयारी भएको नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।

नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा शुरू भएको आठौँ महोत्सवमा दुई सय ५० भन्दा बढी स्टल रहने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्