छहरे-टोखा सडकखण्ड अन्तर्गत काफलडाँडामा बस र जीप जुध्यो



नुवाकोट,माघ २६ । छहरे-टोखा सडकखण्ड अन्तर्गत काफलडाँडामा बस र जीप एकाअर्कासंग जुधेको छ ।

काठमाडौंबाट नुवाकोट तर्फ आउदै गरेको बा.५ ख ८२०१ नम्बरको पासाङ ल्हामु यातायातको गाडी र छहरे हुँदै काठमाडौ जादै गरेको जीप एक अर्कोसंग ठोक्किएर दुर्घटना भएको हो।

घटनास्थलमा छहरे अस्थायी पोस्टका प्रहरी सहायक निरीक्षक रामबहादुर घिसिङको टोली पुगेको छ। असई घिसिङका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन । काठमाडौंदेखि खरानीटार गुडेको बस भने नालीमा फसेको थियोे । अर्को प्रदेश ३ ०१०२२ च ६६७२ नम्बरको कारको भने अगाडिको केहि भाग कुच्चिएको छ। घुमाउरो स्थानमा गति नियन्त्रण नभई गाडी ठोकिँएको प्रारम्भिक अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्