कोशी सरकार र पहिचानवादीबीच ५ बुँदे सहमति



काठमाडौं,माघ २६ । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचानवादी पक्षबीच पाँचबुँदे सहमति भएको छ ।

आज दोस्रो दिनको वार्तामा दुई पक्षबीच सहमति भएको हो । सहमतिअनुसार प्रदेशको पुन: नामाकरण सम्बन्धमा सहमती हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडी बढाउने, आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तीपूर्ण राजनीतिक गतिविधि अगाडी बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने, पहिचानको आन्दोलनका क्रममा भएका घाईतेहरुको उपचारको व्यवस्थापन र शहिद परिवारलाई क्षतीपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध  गर्ने लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्