सन्न्यास लिएको ३० महिनापछि क्रिकेट खेल्दै पारस



काठमाडौं,माघ २६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्न लागेका छन् । 

नेपाल क्रिकेट सङ्घ (क्यान) कोसचिव समेत रहेका पारसले ३० महिनाअघि सक्रिय खेलाडीबाट सन्यास लिए पनि रुपन्देहीमा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्न लागेका हुन् । 

मैदान उद्घाटनको क्रममा चार टोलीबीच टी–१० प्रतियोगिता आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । उद्घाटन फागुन १४ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्