मोटरसाइकल रोकिएको ठेलामा ठोक्किँदा २३ वर्षीय युवकको मृत्यु



धनगढी,माघ २६ । कैलालीको धनगढीमा मोटरसाइकल ठेलामा ठोक्किँदा चालकको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-१८ ई गाँउ सडकको छेउमा भुखाली चौधरीले रोकी राखेको ठेलामा से ६ प ९७२२ नम्बरको मोटरसाइकल एक्कासी ठोकिँदा बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाँउपालिका-३ दक्षिण भरडी बस्ने २३ वर्षीय अनुज चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्