आगमन बढ्दा १३ प्रतिशतले घट्यो तीते करेलाको मूल्य



काठमाडौं,माघ २७ । पछिल्लो एक सातामा तीते करेलाको मूल्य १३ प्रतिशतले घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक सातामा तीते करेलाको मूल्य प्रतिकिलो १७ रुपैयाँले घटेको छ । एक साताअघि प्रतिकिलो १२५ रुपैयाँ औसत रहेको तिते करेलाको भाउ शुक्रबार १०८ रुपैयाँ रहेको छ ।

समितिका अनुसार एक सातामा करेलाको आगमन भने ३० प्रतिशतले बढेको छ । एक साताअघि ८ हजार १७० किलोग्राम तीते करेला बजार भित्रिएको थियो भने शुक्रबार १० हजार ६८० किलोग्राम करेला भित्रिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्