फेरि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,माघ २८ । साताको पहिलो कारोबार दिन सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

छापावाला सुन अघिल्लो दिन अर्थात् शुक्रबार १ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, आइतबार भने घटेर १ लाख १८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आजका लागि चाँदीको भाउ १ हजार ३९० रुपैयाँ तोकिएको छ । गत शुक्रबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्