हंगेरीकी राष्ट्रपतिले दिइन् राजीनामा, यस्तो छ कारण



काठमाडौं,माघ २८ । बालगृहका बालबालिकामाथि यौन शोषण गरेको मुद्दामा दोषी ठहरिएका एक अभियुक्तको सजाय माफ गरिदिएको विषयमा आलोचना भएपछि हंगेरीकी राष्ट्रपतिले राजीनामा दिएकी छन् ।

राष्ट्रपति केटलिन नोभाकले टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेकी हुन् । उनले सरकारी बालगृहका एक उपनिर्देशकको सजाय माफ गरिदिएकी थिइन् । ती उपनिर्देशक बच्चालाई यौन शोषण सम्बन्धी एक मुद्दामा दोषी ठहरिएका थिए ।

यौन शोषणका दोषीलाई समेत सजाय माफ गरिदिको भन्दै राष्ट्रपतिको आलोचना भएको थियो । विरोध प्रदर्शनमा उत्रिएकाहरुले राष्ट्रपतिको राजीनामा माग्दै आएका थिए ।

राष्ट्रपति नोभाकले देशवासीलाई सम्बोधन गर्दै आफूबाट गल्ती भएको बताइन् । बीबीसीका अनुसार उनले आफ्नो निर्णयप्रति खेद व्यक्त गरिन् र पदबाट राजीनामा दिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्