नुवाकोटका यस्ता ६ वर्षीय बालक, राख्न चाहन्छन गिनिज बुकमा नाम



नुवाकोट,माघ २८ । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झण्डा र ती देशमा रहेका टापुहरु चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा उनको प्रतिभाबारे परिवारजनले जानकारी गराएको हो ।

अदभूत क्षमता भएको बालककी आमा कल्पना थापाले परिवारको कुनै सहयोगबिनानै विश्वासले विभिन्न देशहरुको झण्डा र टापुहरु चिनेको बताईन् । अब आफूहरुको लक्ष्य विश्वासको प्रतिभाको सम्मान स्वरुप ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम रहेको आमा कल्पनाले बताईन् । ‘हाम्रो लक्ष्य भनेको बाबुको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा लेखाउने नै हो । सानै उमेरमा यतिधेरै प्रतिभा भएकाले भोलिका दिनमा केही सपोर्ट हुन्छ कि भनेर नै हामी लागिपरेका छौं,’– उनले भनिन् ।

बालक अहिले काठमाडौ जोरपाटीस्थित एक स्कुलमा युकेजीमा अध्ययनरत छन् । कार्यक्रमकै क्रममा पनि उनलाई विभिन्न देशका झण्डाहरु देखाइएको थियो । उनले ती झण्डाहरु सहजै चिनेका थिए । विश्वासकी आमा कल्पनाले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि सहयोग गरिदिन सञ्चारमाध्यमहरुलाई अनुरोध गरिन ।

प्रतिक्रिया दिनुहोस्