बुद्धभुमि नेपाल हाइड्रोपावरबाट बाहिरिँदै संचालक खतिवडा



काठमाडौं,माघ २८ । बुद्धभुमि नेपाल हाइड्रो पावर कम्पनीका संचालक बलराम खतिवडाले राजिनामा दिएका छन् । उनले व्यक्तिगत कार्य व्यस्तता र पारिवारिक कारण देखाउँदै पदबाट राजिनामा दिएका हुन् ।

उनले आइतबार संचालक समिति समक्ष आफ्नो राजिनामा पेश गरेका हुन् ।

उनले पेश गरेको राजिनामामा भनिएको छ,‘ कम्पनीको संचलाक सदस्य रही जिम्मेवारी निर्वाह गर्दै आइरहेको थिए । तर, हाल व्यक्तिगत व्यस्तता र पारिवारिक कारणले कम्पनीमा समय दिन असमर्थ भएकाले पदमा राजिना दिएको छु ।’

तर, खतिवडाले दिएको राजिनामा संचालक समिति मार्फत स्वीकृत भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्