आज कति छ सुनचाँदीको मूल्य ?



काठमाडौं,माघ २९ । सोमबार सुनको भाउ स्थिर रहेको छ । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन अर्थात् आइतबार पनि सोही मूल्य निर्धारण भई खरिदबिक्री भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आइतबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज भने थप ५ रुपैयाँले बढेको हो । आजका लागि चाँदीको भाउ १ हजार ३९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्