अर्थवार्षिक बजेट समिक्षा कस्तो ?



काठमाडौं,माघ २९ । चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । समिक्षा मार्फतबजेटको बजेटको संशोधित अनुमान १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रहेको छ । जुन कुल विनियोजनको ८७.३७ प्रतिशत हो ।

चालुतर्फ विनियोजित रकमको ८८.८४ प्रतिशत, पुँजीगततर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ८७.३९ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको छ ।

अर्थमन्त्रालयका अनुसार चालु तर्फ १० खर्ब १३ अर्ब, पुँजीगत तर्फ २ खर्ब ५४ अर्ब र वित्तीय व्यवस्थापन तर्फ २ खर्ब ६८ अर्ब खर्च हुने अनुमान छ ।

सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो । गत जेठ १५ गते कुल विनियोजित बजेटमा चालूतर्फ ११ खर्ब ४१ अर्ब, पुँजीगत तर्फ ३ खर्ब २ अर्ब र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्