नुवाकोट महोत्सवमा धुर्मुस–सुन्तलीले दर्शकलाई हसाउनु हसाए



नुवाकोट,फागुन १ । करिब ८ वर्षपछि मेला महोत्सवमा फर्किएका हास्य कलाकार जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को पछिल्लो समय व्यस्तता दिन प्रतिदिन बढ्दो छ ।

यसैक्रममा ‘८ औँ नुवाकोट महोत्सव – २०८०’ अन्तर्गत सोमबारको प्रस्तुतिमा नुवाकोटका दर्शकलाई पेट मिचिमिची हसाएका छन् । लामो समयपछि मेला महोत्सवमा कम ब्याक गरेका उनीहरू हालसम्म एक दर्जन बढी महोत्सवमा सहभागी भैसकेका छन् ।

नुवाकोट महोत्सवमा दरबार सुटले धुर्मुस सुन्तलीलाई सबैभन्दा ठुलो कोट समेत प्रदान गरेको थियोे । धुर्मुस सुन्तलीले सबैभन्दा ठुलो कोट सबैभन्दा धेरै मायाको रूपमा आफुहरुले लिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्