सातामै २० रुपैयाँले बढ्यो सुन्तलाको मूल्य



काठमाडौं,फागुन १ । पछिल्लो एक सातामा सुन्तलाको आगमन ३३ प्रतिशतले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक हप्ताअघि २४ हजार ३२५ किलोग्राम सुन्तला बजार भित्रिएको थियो भने सोमबार १६ हजार २५० किलोग्राम सुन्तला भित्रिएको छ ।

आगमन घट्दा मूल्य भने १५ प्रतिशतले बढेको छ । गत सातामा सुन्तलाको औसत मूल्य प्रतिकिलो १३० रुपैयाँ थियो भने सोमबार सुन्तलाको मूल्य १५० रुपैयाँ किलोग्राम पुगेको छ ।

सुन्तलाको सिजन सकिएसँगै बजारमा सुन्तलाको मूल्य बढेको व्यापारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्