फागुन महिनाको पहिलो दिन सस्तियो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,फागुन १ । फागुन महिनाको पहिलो दिन सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

सोमबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको भाउ १ लाख १७ हजार ७०० रुपैयाँ तोकेको छ । यस्तै, तेजावी सुनको भाउ भने १ लाख १७ हजार १५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । मंगलबारका लागि चाँदी १ हजार ३९५ रुपैयाँ कायम छ । अघिल्लो दिन पनि सोही मूल्य निर्धारण भई खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्