नेपालले नामिबियालाई दियो १३३ रनको लक्ष्य



काठमाडौं,फागुन ३ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा नेपालले जितका लागि नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाउँदै अल आउट भयो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए । त्यसैगरी गुलशन झाले २१ रन, कुशल मल्ल १५ रन, करण केसीले १६ रन बनाए । कुशल भुर्तेल पहिलो बलमै आउट भए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नामिबियाका लागि जेरार्ड एरास्मसले सर्वाधिक ४ विकेट, रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २/२ विकेट र निकोल लोफ्टि-इटनले १ विकेट लिन सफल भए ।

प्रतिक्रिया दिनुहोस्