अमेरिकाको निजी कम्पनीले चन्द्रमामा पठायो यान, मिसन सफल भए बन्नेछ रेकर्ड !



फ्लोरिडा (अमेरिका),फागुन ४ । अमेरिकाको एक निजी कम्पनीले चन्द्रमामा अन्तरिक्ष यान ‘ओडीसियस’ पठाएको छ । उक्त यान फ्लोरिडाको केप कैनावेरलबाट स्थानीय समयअनुसार बिहान ६ः०५ बजे प्रक्षेपण गरिएको हो । 

उक्त कम्पनीले तेस्रो प्रयासमा उक्त यान प्रक्षेपण गरेको हो । यसअघि गत जनवरीमा खराब मौसमका कारण प्रक्षेपणमा बाधा आएपछि गत बुधवार पनि प्रक्षेपण रद्द गरिएको थियो । गत बुधवार अनियमित मिथेन तापमानका कारण प्रक्षेपण रद्द गरिएको थियो । 

मिसन सफल भए इन्टुएटिभ मसिन्स चन्द्रमामा यान अवतरण गराउने पहिलो निजी कम्पनी बन्नेछ । 

उक्त यानको प्रक्षेपण राष्ट्रिय अन्तरिक्ष एजेन्सीले गरेको हो ।उक्त यान चन्द्रमाको सतहको दक्षिणी ध्रुवमा उत्रिने बताइएको छ । त्यहाँ पानीको स्रोत हुन सक्ने वैज्ञानिकको अनुमान छ । उक्त यान एलन मस्कको रकेट कम्पनी स्पेसएक्सले बनाएको हो । 

यान प्रक्षेपणको केही मिनेटअघि इन्टुएटिभ मसिन्सका एक प्रतिनिधिले भने, ‘हामीले यसबारे विनम्र हुनुपर्छ ।’ 

उनले थपे, ‘हामीले गल्तीबाट सिख्नका लागि चन्द्रमामा गएका हरेक मिसनलाई हेरेका थियौं ।’ 
 

प्रतिक्रिया दिनुहोस्