बढ्यो सुनचाँदीको मुल्य



काठमाडौं,फागुन ४ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । यसअघि बिहीबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार १०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १६ हजार ५५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार भने छापावाल सुन प्रतितोला १ लाख १६ हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।

प्रतिक्रिया दिनुहोस्