बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाउने माझी पक्राउ



मोरङ,फागुन ४ । मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ ।

बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन् ।

बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन् ।

उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएपछि चोरको आरोप लगाउँदै पीडितमाथि दुर्व्यवहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्