ट्याक्टर दुर्घटनामा दुई जनाको ज्यान गयो

तनहुँ,फागुन ४ । तनहुँमा दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शुक्रबार बिहान र बिहीबार साँझ भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
शुक्लागण्डकी नगरपालिका –११ कालिकोटस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा युवकको शुक्रबार बिहान ९ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गाछेपानीबाट चिसापानी जाँदैगरेको ग १ त २५३२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकमा पल्टिइ दुर्घटना हुँदा ट्याक्टरमा सवार शुक्लागण्डकी नगरपालिका– २ गाछेपानी बस्ने २४ वर्षीय सोमबहादुर परियारको घट्नास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।
यसैगरी तनहुँको शुक्लागण्डकीमै भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका –१० छाब्दी देउरालीस्थित भित्री सडक खण्डमा साँखेबाट दुलेगौडा जाँदैगरेको ग ७ प ६९२४ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जाँदैगरेको ग १ त ३९९४ नम्बरको ट्याक्टर आपसमा ठक्कर खाँदा दुर्घटना भइ मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार तनहुँको शुक्लागण्डकी नगरपालिका –१ थप्रेक बस्ने बर्ष ४५ की पिपलकौरी गुरुङको बिहीबार साँझ घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । ट्याक्टर चालक तथा मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रनाउ खाँडले बताए ।