डीडीसीका महाप्रबन्धकलाई कार्यकक्षमै दलियो कालोमोसो

काठमाडौं,फागुन ४ । उद्योग विकास संस्थान(डीडीसी)का महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै कालोमोसो दलिएको छ। क्रान्तिकारी युवा संगठन नेपालले झामाथि आज कार्यकक्षमै कालोमोसो दलेको हो।
महाप्रबन्धक झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ।
संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताए । कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ।
केही दिनअघि सोही समूहले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो।