चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु
![](https://www.sajhapath.com/wp-content/uploads/2024/02/IMG_20240217_151340.jpg)
चितवन,फागुन ५ । चितवनमा मोटरसाइकलको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार साँझ नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा भरतपुर महानगरपालिका– १२ गोन्द्राङ बस्ने सुनिता श्रेष्ठका ३ वर्षीय छोरा विमर्श श्रेष्ठको मृत्यु भएको हो।
टाउकोमा गहिरो चोट लागका उनको राति सवा ८ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको जनाइएको छ।