कक्षा १२ को परीक्षा तालिका सार्वजनिक



काठमाडौं,फागुन ५ । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार बैशाख १४ गते सुरु भएको परीक्षा बैशाख २६ गते सकिनेछ । परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्