इरानमा गोली लागेर एकै परिवारका १२ जनाको मृत्यु



काठमाडौं,फागुन ६ । इरानमा एकै परिवारका १२ जनाको गोली हानी हत्या गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार एक व्यक्तिले आफ्नै परिवारका १२ सदस्यको गोली हानेर हत्या गरेका हुन् । इरानमा यस्तो खालको गोलीबारीको घटनाहरु कमै हुन्छन् ।

सञ्चारमाध्यामका अनुसार यो घटना केरमान प्रान्तमा घटेको हो । एक तीस वर्षीय युवकले कलाश्निकोफ राइफलले आफ्नै बुबा र भाइसहित परिवारका १२ जनाको हत्या गरेका छन् ।

आक्रमणकारीलाई पछि सुरक्षा बलले मारेको थियो । इरानमा सर्वसाधारणले शिकारकालागि मात्र बन्दुक राख्न पाउँछन् । सर्वसाधारणसँग स्वचालित हतियार राख्ने अधिकार छैन ।

प्रतिक्रिया दिनुहोस्