अध्यक्ष ओलीद्वारा प्रशासनिक भवन उद्घाटन

घोडाघोडी,फागुन ६ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको बर्दगोरिया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । एमाले कैलालीको जिल्ला अधिवेशनको उद्घाटनका लागि यहाँ आउनुभएका अध्यक्ष ओलीले आज भवन उद्घाटन गरेका हुन् ।
बर्दगोरिया गाउँपालिका–४ मा अवस्थित नवनिर्मित भवनको उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गाउँपालिकालाई नमुना बनाउन नयाँ प्रशासकीय भवनको सदुपयोग गर्न सुझाव दिए । उनले गाउँपालिकाबाट दिने सेवा प्रवाह चुस्तदुरुस्त बनाई जनतालाई सहजरुपमा सेवादिन आग्रह गरे ।
अध्यक्ष ओलीले केहीबेरमा एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उनी आजै काठमाडौँदेखि कैलाली आइपुगेका हुन ।