नेपाली बजारमा आयो सामसङ ‘ग्यालेक्सी ए १५’, कति पर्छ मूल्य ?



काठमाडौं,फागुन ७ । नेपाली बजारमा सामसङ ‘ग्यालेक्सी ए १५ फाइभजी’ स्मार्टफोन सार्वजनिक भएको छ । 

यस्ता छन् विशेषता

उक्त स्मार्टफोनमा एफएचडी प्लस रेजोल्युसन भएको ६.५ इन्चको सुपर एमोलेड इन्फिनिटी–यु डिस्प्ले रहेको सामसङले जनाएको छ । यससँगै उक्त स्मार्टफोनमा अत्याधुनिक मिडिया टेक ६१०० प्लस प्रोसेसर राखिएको छ ।  

उक्त स्मार्टफोन फोटोग्राफीका लागि उत्कृष्ट रहेको कम्पनीको भनाइ छ । उक्त स्मार्टफोनको पछाडिको सेटअपमा ५० एमपी वाइड–एंगल क्यामरा, ५ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामरा रहेको कम्पनीको भनाइ छ । उक्त स्मार्टफोनको फ्रन्ट क्यामेरा  १३ एमपीको छ, यो सेल्फीका लागि उत्कृष्ट हुने कम्पनीको भनाइ छ । 

कम्पनीका अनुसार उक्त स्मार्टफोन ६/१२८ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबीमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । 

कुनको कति पर्छ मूल्य ?

कम्पनीका अनुसार ६/१२८ जीबीको स्मार्टफोनको मूल्य २७ हजार ९९९ रुपैयाँ तोकिएको छ । यस्तै, ८/१२८ जीबीको स्मार्टफोनको मूल्य २९ हजार ९९९ रुपैयाँ र ८/२५६ जीबीको स्मार्टफोनको मूल्य ३३ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । 

उक्त स्मार्टफोन आजदेखि नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । उक्त स्मार्टफोनका लागि फाइनान्सको सुविधासमेत रहेको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्