देउवाले दबाब बढाउँदा पनि गगन थापा टसमस भएनन्, आगामी दिनमा ‘नो’ गठबन्धन



काठमाडौं,फागुन ७ । नेपाली कांग्रेसको महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार परेका सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल बिना निष्कर्ष टुङ्गिएको छ।

महामन्त्री थापाले पार्टीले अब उप्रान्तका कुनै पनि दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेर जानुपर्ने विषय प्रतिवेदनमा समेटेपछि त्यसलाई संशोधन गराउने संस्थापन पक्षको प्रयास विफल भएको हो।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा संस्थापन पक्षले दबाब दिएपनि महामन्त्री थापा आफ्नो अडानबाट टसमस भएनन् । महासमितिको उद्घाटनपछि फेरि बैठक बस्ने गरी बूढानीलकण्ठको बैठकबाट नेताहरू उठेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्