वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु



वीरगन्ज,फागुन ७ । जिल्ला प्रशासन कार्यालय पर्साले अर्को आदेश नहुञ्जेलसम्मका लागि सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यु आदेश जारी गरेको छ ।

एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यु आदेश जारी गरिएको जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्