विश्वकप क्रिकेट लिग–२ : नामिबियामाथि नेदरल्यान्ड्सको सानदार जित



काठमाडौं,फागुन ७ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सले नामिबियामाथि सानदार जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेदरल्यन्ड्सले नामिबियालाई सात विकेटले हरायो ।नेदरल्यान्ड्सको यो पहिलो जित हो । 

जितसँगै नेदरल्यान्ड्सले दुई खेलबाट दुई अङ्क बनाएको छ । पहिलो हार खेपेको नामिबियाको पनि समान दुई अङ्क छ । नेपालले पनि दुई अङ्क बनाएको छ । 

जितका लागि नामिबियाले दिएको एक सय २४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओरभमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले सर्वाधिक ५७ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्