ट्याम्पोको ठक्करबाट बालिकाको मृत्यु



दमक,फागुन ७ । झापामा आइतबार राति भएको सवारी दुर्घटनामा एक बालिकाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी नगरपालिकाको झिलझिले सडक खण्डमा बेलुकी ७ बजे ट्याम्पोको ठक्करबाट ९ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्याम्पोको ठक्करबाट गम्भीर घाइते भएकी शिवसताक्षी नगरपालिका वडा ८ का दिलीप श्रेष्ठकी छोरी शीतल श्रेष्ठको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । 

प्रतिक्रिया दिनुहोस्