बर्दिबास सडक खाना महोत्सवमा स्थानीयको चाप



बर्दिबास,फागुन ७ । बर्दिबासमा सडक खाना महोत्सवको प्रथम संस्करण सुरु भएको छ । महोत्सवमा स्थानीयको चाप बढेको छ ।

शनिवारदेखि सुरु भएको महोत्सवमा रमाइलो हेर्ने र स्वाद चाख्नेको भीडले सडक स्थलका ५० वटै स्टलमा अत्यधिक भीड रहेको छ । व्यापारीलाई सामग्री बेच्न भ्याइ नभ्याई भएको छ । 

बिपी राजमार्गको प्रवेशविन्दुमा आयोजना गरिएको महोत्सवमा पोखरादेखि हेटौडासम्म र सिन्धुलीदेखि सुनसरीसम्मका आगन्तुक र पारखीले सडकमै बसेर खाना महोत्सवको स्वाद लिनेगरेका छन् । 

प्रतिक्रिया दिनुहोस्