पत्रकारले गरे क्यामरा डाउन

काठमाडौं,फागुन ८ । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्च आयोजित कार्यक्रममा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारले क्यामरा डाउन गरेका छन्।
गृह मन्त्रालयले आयोजना गरेको उक्त कार्यक्रममा फोटो तथा भिडियो खिच्न रोक लगाएपछि पत्रकारले सैनिक मञ्च, टुँडिखेलको गेट बाहिर सांकेतिक विरोधस्वरूप क्यामरा डाउन गरेका हुन् ।
सूचना विभागको कार्ड देखाउँदा पनि भित्र प्रवेश नपाएको त्यहाँ उपस्थित पत्रकारले बताएका छन् ।
यसैबीच राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र नेपाल पत्रकार महासंघले घटनाको विरोध जनाएका छन् । दुवै संस्थाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका हुन् ।