दोलखा केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौँ,फागुन ८ । दोलखा जिल्ला केन्द्रबिन्दु भएर आज मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको रहेको थियो ।

केन्द्रका अनुसार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।

यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्