आज सुनचाँदीको मूल्य कति ?



काठमाडौं,फागुन ८ । मंगलबार सुनचाँदीको भाउ स्थिर छ । साताको तेस्रो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् सोमबार पनि सोही मूल्य कायम भई खरिदबिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य पनि १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्यमा पनि कुनै थपघट भएको छैन । सोमबार १ हजार ४१० रुपैयाँमा किनबेच भएको चाँदी आज पनि सोही मूल्य कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्