कोशीमा बेइमानी नभएको अध्यक्ष केपी शर्मा ओलीको भनाइ



काठमाडौं,फागुन ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको नतिजा आइसकेपछि कोशीको प्रसंगलाई लिएर राप्रपाका नेताहरूले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै एमालेलाई दोष लगाउन नमिल्ने उनले बताए ।

ओलीले भने, ‘चुनावको नतिजा आइसकेपछि एमालेले बेइमान गर्‍यो, धोका दियो भनेर लाञ्छित गरेको सुने । मैले उनीहरूको कतै प्रतिवाद गरिन । उहाँहरूको मत ३९४ मात्रै आयो कि धेरै आयो । केही मात्रैले नपुगेको कि धेरैले ? त्यतिका मत एमालेका नभएर आकाशबाट आए । केही भोट बिग्रिए होला । राप्रपाको बिग्रिएको हुनपनि सक्छ । त्यसैले राप्रपाका प्रवक्ता भन्ने व्यक्तिले सीधै पूर्वाग्राही ढंगले एमालेविरोधी भावना रहेको भन्ने देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्