अब नेपालीले नागरिकता र मतदाता परिचयपत्रका आधारमा पनि भारतीय सिमकार्ड पाउने



काठमाडौं,फागुन ९ । भारतमा काम गरिरहेका वा विभिन्न कामले त्यहाँ पुग्ने नेपाली नागरिकले अब नागरिकता र मतदाता परिचयपत्रका आधारमा पनि भारतीय सिमकार्ड पाउने भएका छन् । भारतको दूरसञ्चार विभागले गरेको एक परिपत्रमा यस्तो व्यवस्था गरिएको हो ।  

यससँगै भारतमा काम गरिरहेका वा विभिन्न कामले त्यहाँ पुग्ने नेपालीलाई सहज भएको छ । अब घुम्न वा काम विशेषले भारत जानेहरूले भने चिनेजानेका आधारमा भारतीय नागरिककै सिम मागेर चलाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । 

यसअघि म्याद भएको भिसासँगै राहदानीको फोटोकपीका आधारमा विदेशी पर्यटकले भारतीय सिम पाउने गरेका थिए । भारतले सन् २०१२ अगस्ट ९ मा परिपत्रमार्फत् उक्त व्यवस्था गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस्