कर्फ्यू लगाइएपछि वीरगञ्ज सुनसान !



वीरगञ्ज,फागुन ९ । कर्फ्यूका कारण पर्साको वीरगञ्ज सुनसान देखिएको छ । कर्फ्यूका कारण उद्योग, व्यापारसँगै आम दैनिकी प्रभावित भएको छ । 

सोमवार साँझ ५ बजेदेखि लगाइएको कर्फ्यू मंगलवार बिहान केही घन्टा खोलिए पनि बिहान १० बजेदेखि पुनः लगाइएको थियोे । सोमवार वीरगञ्जमा प्रदर्शनका क्रममा झडप भएपछि जिल्ला प्रशासन कार्यालय, पर्साले सोही दिन साँझ ५ बजेदेखि कर्फ्यू लगाएको थियो ।

वीरगञ्जको पूर्वमा नगवाचोक, पश्चिम तिलावेपुल, उत्तरमा परवानीपुर र दक्षिणमा नेपाल–भारत सिमानामा रहेको मितेरी पुलसम्मको क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्