नेपालको विकासका लागि प्राथमिकतामा रहेका आयोजनामा केन्द्रित छौं : युएसएआईडी अमेरिकी नियोग निर्देशक केभनशाद



काठमाडौं,फागुन ९ । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्टले नेपालमा युनाइटेड स्टेट्स एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी)का लागि अमेरिकी नियोग निर्देशक सेपिदेह केभनशादसँग कूटनीतिक सम्मेलन आयोजना गरेको छ । 

कूटनीतिक समुदाय, विज्ञ, विश्लेषक, नीति निर्माता, युवा, अनुसन्धानकर्ता र विद्यार्थी संलग्न गराउनु सम्मेलनको मुख्य उद्देश्य थियो ।

कार्यक्रममा केभनशादले युएसएआईडीमार्फत नेपालसँग अमेरिकी सरकारको साझेदारी विषयलाई जोड दिइन्  । उनले अमेरिकी सरकार र नेपालबीचको ६० वर्ष लामो साझेदारीको बारेमा प्रकाश पारिन् । 

युएसएआईडीले सडक, विमानस्थल, अस्पतालजस्ता पूर्वाधार विकासमा केन्द्रित रहेको उनले बताइन् । युएसएआईडीले विकासलाई अघि बढाउनमा आफ्नो निर्णायक भूमिका खेलेको र नेपाल सरकारमार्फत कोषहरू बढाउँदै आएको उनले बताइन्। उनले नेपालको विकासका लागि प्राथमिकतामा रहेका आयोजनामा युएसएआईडी केन्द्रित रहेको पनि बताइन् । 

उनले भनिन्, ‘विगतमा अमेरिकाले सडकजस्ता ठूला पूर्वाधारका आयोजना गर्दै आएको थियो, तर अहिले युएसएआईडीले तुलनात्मक लाभ भएका आयोजनामा ध्यान केन्द्रित गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्