फेरि महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?



काठमाडौं,फागुन ९ । साताको चौथो कारोबार दिन सुन महँगिएको छ । बुधवार छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन अर्थात् मंगलबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुन आज भने १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ १ लाख १७ हजार ८५० रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आजका लागि चाँदीको भाउ १ हजार ४१५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्