आगमन घट्दा सेतो मुलाको मूल्य १२३ प्रतिशतले बढ्यो



काठमाडौं,फागुन १०। पछिल्लो एक सातामा सेतो लोकल मुलाको मूल्य १२३ प्रतिशतले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताअघि सेतो लोकल मुला प्रतिकिलो १२ रुपैयाँ औसत मूल्यमा विक्री भएकोमा बुधबार प्रतिकिलो २७ रुपैयाँ पुगेको छ ।

त्यसैगरी एक सातामा मुलाको आगमन भने ४६ प्रतिशतले घटेको छ । गत साता २७ हजार ५१० किलोग्राम मुला भित्रिएको थियो भने बुधबार १४ हजार ५८२ किलोग्राम मुला भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्