भीमसेन पूजामा नेवारी पहिरनमा सजिए महिला



ललितपुर,फागुन १० । ललितपुरमा बुधवार भीमसेन पूजा सम्पन्न भएको छ । भीमसेन पूजा परिक्रमा व्यवस्थापन समितिले आयोजना गरेको उक्त पूजा यो वर्ष भिन्धोलाछि टोलले आयोजना र व्यवस्थापन गरेको थियोे । 

पूजामा आएका नेवारी समुदायका महिला आफ्नै भेषभूषामा सजिएका थिए । ललितपुरका प्रत्येक टोलमा भएका भीमसेनका मन्दिरमा पूजा गर्दै यो जात्राको समापन भएको छ । बाजागाजासहित भीमसेन भगवानलाई समयबजिलगायत विभिन्न परिकार बनाएर चढाउने गरिन्छ ।

यस दिन भीमसेनको पूजा गरेमा व्यापार व्यवसायमा वृद्धि हुने, घरमा सुख–शान्ती हुने, रोगबाट मुक्त हुने तथा घरमा शुभ हुने जनविश्वास छ । पूजामा ९ ओटा टोलका करीब ३ हजार श्रद्धालु उपस्थित थिए । 

प्रतिक्रिया दिनुहोस्