भारतको महाराष्ट्रमा ल्होछार कार्यक्रम सम्पन्न



महाराष्ट्र, फागुन १० । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति महाराष्ट्रद्धारा मन्जु सम्वत २८६० सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ।

सो कार्यक्रम नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति भारतका अध्यक्ष सुकुमान तामाङको अध्यक्षता तथा सभापतित्वमा भएको थियो।

कार्यक्रमको प्रमुख अथितिमा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन कुमार गोले रहेका थिए । कार्यक्रममा झण्डै ६ सय मानिसको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाल तामाङ घेदुङ प्रवास समितिका उपाध्यक्ष सुर्यमान तामाङ (सुरेश) ले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव मान बहादुर तामाङ (नबिन)ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्