महिलाको गोप्य फोटो र भिडियो मागेर ब्ल्याक मेल गर्ने नुवाकोट शिवपुरीका थापा पक्राउ

नुवाकोट,फागुन १० । महिलाको गोप्य फोटो र भिडियो मागेर ब्ल्याक मेल गर्ने नुवाकोट शिवपुरीका एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौं टोखा नगरपालिका वडा नम्बर ११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा रहेका छन्।
सामाजिक संजाल फेसबुक मार्फत सुरुमा साथी बनेका महिलासग गोप्य तस्वीर र भिडियो मागेको सम्बन्ध बिग्रिएपछि भने थापाले पीडितको चरित्र हत्या गर्न आफन्तलाई ती तस्बिर/ भिडिओ पठाएको आधारमा महिलाको उजुरी परेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ।
युवकलाई प्रहरीले बुधबार काठमाडौको गङ्गबुबाट पक्राउ गरेको जनाएको छ ।
