फागुन १३ देखि देशभर राष्ट्रिय दादुरारुबेला खोप अभियान 



काठमाडौं,फागुन ११ । सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा—रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले यसबारेमा जानकारी दिएको हो । खोप अभियान फागुन १३ देखि चैत्र ७ गतेसम्म सञ्चलन हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्न लागेको बताए । उनकाअनुसार रुकुमपश्चिम र जाँजरकोटमा भने खोप अभियान सकिसकेको छ ।

उनले भने, ‘‘दादुरा, रुबेला क्याम्पियन अभियानको रुपमा खोप कार्यक्रम हामी फागुन १३ देखि चैत्र ७ गतेसम्म अधिराज्यभर सञ्चालन गर्दैछौँ । दुई जिल्लाहरु रुकुमपश्चिम र जाँजरकोटमा सकिसकेको छ । २०२६ मा यो रोग निवारण गर्ने भनेर लागेको छाँै । विगतमा पनि हामीले दादुरको खोप अभियान सफल हुँदाहुँदै पनि र खोपको अवस्था राम्रो हुँदाहुँदै पनि शतप्रतिशत मानिसलाई खोप दिने अवस्था हुँदैन थियो । केही निश्चित छुटेका समहूहरु जम्मा हुँदै जाँदा ठूलो समूह बन्यो । कोरोनाका कारण पनि यसमा समस्या आयो ।’’

प्रतिक्रिया दिनुहोस्