परालको कुन्युमा आगलागी हुँदा जलेर बालकको मृत्यु



 झापा,फागुन ११ । झापा गाउँपालिकामा आगलागी हुँदा एक बालकको जलेर मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा गाउँपालिका-४ स्थित भानटोली निवासी इनाम हुसैन सेखका साढे ४ वर्षको छोरा अतिप हुसैन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए। 

प्रहरीका अनुसार शुक्रबार दिउँसो साढे ४ बजेको समयमा इनामको घर नजिकैको परालको कुन्यूमा आगलागी भएको थियो। सो आगो सल्किएर इनामको एक तले टिनको छानो भएको कच्ची घरमा आगो लागेको थियो। उनको छोरा अतिप आगो लागेको नजिकैको मस्जिद र परालको कुन्यूको चेपमा खेलिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्