नुवाकोट पञ्चकन्याका भैंसी चोर मग्राती पक्राउ



नुवाकोट,फागुन ११ । जिल्लाको पञ्चकन्या गाउँपालिका साविक ९ नम्बर वडाका भैंसी चोर संजय मग्राती पक्राउ परेका छन् ।

जिल्लास्थित शिवपुरी गाउँपालिका वडा नम्बर ७ चापाबोटका स्थानीय राम तामाङको भैंसी चोरी गरेको प्रमाणका आधारमा मग्रातीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मग्रातीले तामाङको भैंसी गत २६ गते राति चोरेको स्वीकार गरेका छन् । मग्रातीले काठमाडौको काठ क्षेत्रको विभिन्न ठाउँबाट समेत पशु चौपाया चोरी गरेको सिसिटीभी फुटेजबाट अनुसन्धानको क्रममा खुल्न गएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्