सातामा १८ प्रतिशतले बढ्यो तीते करेलाको मूल्य



काठमाडौं,फागुन १२ । पछिल्लो एक सातामा तीते करेलाको मूल्य १८ प्रतिशतले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताको अवधिमा तीते करेलाको मूल्य २० रुपैयाँले बढेको छ । गत साता प्रतिकिलो औसत ११० रुपैयाँमा विक्री भएको करेला शुक्रबार १३० रुपैयाँ पुगेको छ ।

यस्तै, एक सातामा करेलाको आगमन पनि बढेको छ । एक सातामा तीते करेलाको आगमन ९९ प्रतिशतले बढेको समितिले जनाएको छ । गत साताको शुक्रवार (फागुन ४ गते) ६ हजार ६८० किलोग्राम करेला भित्रिएकोमा फागुन ११ गते १३ हजार ३३० किलोग्राम करेला भित्रिएको छ । 

प्रतिक्रिया दिनुहोस्