उपलब्धिमाथिको प्रहारलाई रोक्न सबै दल मिल्नुपर्छ : महामन्त्री थापा



काठमाडौं,फागुन १२ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दल मिल्नुपर्ने बताएका छन्  ।

शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रुपबाट प्रहार भइरहेको बताए। उनले सबै राजनीतिक दल मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताए । 

महामन्त्री थापाले राजनीतिक दल एकअर्काको आरोप प्रत्यारोपमा लाग्दा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको बताए। उनले सबै राजनीतिक दल र नेताहरुले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्नेबारेमा छलफल गर्नु जरुरी रहेको बताए  ।

प्रतिक्रिया दिनुहोस्