वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा छ : गृहमन्त्री श्रेष्ठ



काठमाडौं,फागुन १२ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन र सरकारको आयु कांग्रेसको हातमा रहेको बताएका छन ।

सप्तरीको खडक नगरपालिकास्थित बिसनपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले त्यस्तो बताएका हुन् ।

वर्तमान गठबन्धन र सरकारबारे सोधिएको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, यो नेपाली कांग्रेसलाई सोध्नुस् । प्रमुख प्रतिपक्षी दलले मन्त्रीहरूको राजीनामा माग गरिरहेको प्रश्नमा गृहमन्त्री श्रेष्ठले राजीनामा माग्ने विपक्षीको धर्म भएको बताए ।

प्रतिक्रिया दिनुहोस्