रसुवामा खोप अभियान सफल पार्न स्वास्थ्यकर्मी क्रियाशील



रसुवा,फागुन १२ । यही फागुन १३ गते आइतबारदेखि देशभरका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै छ ।

रसुवामा पनि उक्त अभियानलाई सफल पार्न स्थानीय निकाय र स्वास्थ्यकर्मीहरू सक्रियताका साथ लागेका छन्।‘भ्याक्सिन’ अभियान सफल पार्न सबै स्थानीय तहका अधिकारीका साथै स्वास्थ्यकर्मीहरू परिचालन भएका छन् । जिल्लाको तापक्रमअनुसार भ्याक्सिन व्यवस्थापन एवम् ढुवानी गरिएको जनस्वास्थ्य प्रमुखले बताए । 

यही फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने दादुराविरुद्धको खोप अभियानअन्तर्गत स्थानीय सरकारको सुझावमा तय गरिएका ५४ खोप केन्द्रबाट तीन हजार पाँच सय बालबालिकालाई खोप लगाइने कार्यक्रम छ । आगामी सन् २०२६ देखि दादुरा उन्मूलनको घोषणा गर्ने लक्ष्य रहेकाले यस वर्षको खोप अभियानमा अनिवार्यरुपले आ-आफ्ना बालबालिकालाई सहभागी गराउन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्